फिल्म टाट पल्टेको थाहा हुँदा हुँदै पनि ‘दमदार’ बनाए सुमनले



Suman-bista

[dropcap]‘म[/dropcap] एक व्यवसायी हुँ, हरेक व्यवसाय गर्ने मान्छेले लगानी गरेको क्षेत्रबाट नाफाको अपेक्षा गर्दछ, त्यसैले त म पनि प्रतिफलको आशामा नै चलचित्रमा लगानी गर्न अग्रसर भएँ’, ‘दमदार’ चलचित्रबाट नेपाली चलचित्रको निर्माताको ट्याग पाएका सुमन बिष्ट यसै भन्छन् । सात बर्षदेखी कन्सल्टेन्सी व्यवसायमा सक्रिय सुमनले नेपाली समाजको यथार्थतालाई पर्दामा उतारिएको र नेपाली दर्शकको चाहना अनुकुलको सिनेमा भएकोले पहिलो चलचित्र ‘दमदार’ले नै सफल निर्माता बनाईदिने दाबी गर्छन् ।

धेरै निर्माताहरुको लगानी ‘टाट’ पल्टिरहेको बुझ्दा बुझ्दै पनि निर्देशक कमलकृष्णले निर्देशन गरेको यो चलचित्रको कथा मन परेपछी लगानी गरेको बताउने सुमनले नयाँ निर्माता भएपनि धेरै चलचित्रकर्मी तथा मिडियाबाट पाएको साथले गर्दा अफ्ठ्यारो नपरेको बताए । पछिल्लो समय दमदारको प्रचार-प्रसारमा व्यस्त निर्माता सुमन केहि दिन पहिले पश्चिम नेपालको बुटवलमा पुग्दा दर्शकले चलचित्रप्रति देखाएको चासो र उत्सुकताले थप हौशला बढाएको बताए । मैले बुझेनुसार रेखा थापा तथा सबिन श्रेष्ठको उत्कृष्ट अभिनयले पक्का पनि दर्शकको मन जित्नेमा बिश्वस्त छु’ सुमन बताउँछन् ।

damdar

मैदानमा नै आएपछि सोचेजस्तो नहुने र टेबलमा बसेर बनाएको बजेटको कुनै अर्थ नै नहुने बताउँदै सुमनले ठुलोपर्दा डटकमसँग भने, ‘जसले पनि प्रोड्युसरबाट पैसा नै लिनुपर्छ भन्ने मानसिकता बनाउनाले अरु निर्माताहरु पलायन भएको भन्ने राम्रो सँग बुझियो’ । तर, उनले यो पहिलो र अन्तिम चलचित्र नभएको भन्दै राम्रो कथा पाएको खण्डमा थप सिनेमा मेकिङमा पनि लगानी बढाउने बताए ।

दर्शकको माग अनुसारको चलचित्र बनेमा नेपाली सिनेमा नगरी पनि लगानीकर्ताहरुको लागि राम्रो आय-आर्जनको श्रोत बन्न सक्ने सुमनको भनाई छ । निर्माताले जे भनेपनि चलचित्र राम्रो बन्यो भन् पक्का पनि दर्शकले मन पराउँछन भन्ने उदाहरण पछिल्लो समय प्रदर्शनमा आएका केहि चलचित्रहरु बनिरहेका छन् । पहिलो चलचित्रबाट नै ठुलो अपेक्षा गरेका सुमनलाई सफलताको स्वाद चाख्ने अवसर मिलोस हाम्रो तर्फबाट शुभकामना !!!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu