क्राइम थ्रिलर वेब सिरिज ‘आरती’को प्रिमियर



काठमाडौँ।
क्राइम थ्रिलर वेब सिरिज ‘आरती’को नेपाली संस्करणको प्रिमियर गरिएको छ । सङ्घीय सांसद एवं मधेस प्रदेशको पूर्व सामाजिक विकास मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यमा अर्किड इन्टरनेसनल कलेजमा प्रिमियरको आयोजना गरिएको थियो । सो प्रिमियरमा सिरिजको एपिसोड १, २ र ६ स्क्रिनिङ्ग गरिएको थियो ।

सिरिज हेरेपछि पूर्व मन्त्री साहले भने, “नेपाली–मैथिली सिनेमाको इतिहासमा युवाहरूको प्रयास आरती सिरिज धेरै दृष्टिकोणले सराहनीय रहेको र यस सिरिजले सत्ता, कानुन र समाजलाई न्यायको जीवन्तताका लागि अभिप्रेरित गर्दछ । सत्ताको दुरुपयोग गर्नेहरू र ढिला गतिमा हिँड्ने न्यायालयलाई सजग गर्दछ ।”

नेपाली र मैथिली गरी दुई वटा भाषामा निर्माण भएको जघन्य अपराध बलात्कार र महिला हिंसामा आधारित सिरिज ६ भाग रहेको छ । वेब सिरिज नेट टिभीमा पुस १६ देखि प्रसारण हुने भएको छ । यस सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनीषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कँडेल र संसार अधिकारीको प्रमुख भूमिकामा अभिनय रहेको छ । रोशन दासको कथा र निर्देशन रहेको सिरिजको कथा लेखन हिक्मत शर्माले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu