गरिमा पन्त अत्याचारमा परेकै हुन् त ?



garima-panta-thooli[dropcap][/dropcap]मयले ठुलै कोल्टो फेरिसक्दा पनि नेपाली समाजमा विद्यमान नारी दमन तथा अत्याचारको कथालाई मुल बिषय बनाईएको नेपाली चलचित्र ‘ठूली’ सुटिङको अन्तिम चरणमा पुगेको छ । एभरेष्ट सुर्य बोहराको एक्शन कटमा फ्लोरमा गएको यो चलचित्रको ३० दिनमा गीत बाहेकको सम्पुर्ण काम सकिएको हो ।

यो चलचित्रमा काठमाडौ, चितवन र नवलपरासीका बिभिन्न ठाउँका दृश्यहरु समावेश छन् । करिब २० बर्ष अगाडी ‘ठट्टा’ नामक ‘टेलि चलचित्र’ बनाएका पुस्कर पन्तले यो चलचित्रमा लगानी गरेका छन् । निर्देशक बोहराको पुराना साथी पुस्कर हाल अमेरिकामा बस्दै आएका छन् । अमेरिकाकै सरकारी बैङ्कमा कार्यरत पुस्करले राम्रो सृजना दिन सकियो भने नेपाली चलचित्रमा पनि ठुलै संभावना रहेको देखेर नै यो चलचित्रमा लगानी गरेको बताएका छन् ।

यो चलचित्रलाई नारीहरुको चाड ‘हरितालिका तीज’को छेकोमा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । ‘ठूली’मा जीवन लुईटेल, गरिमा पन्त, बिशाल पहाडी, निला बस्नेतको साथमा बाल कलाकार कञ्चन ठकुरीको अभिनय रहेको छ । ‘ठूली’लाई शेर बहादुर लामाले खिचेका छन् भने संगीत बसन्त सापकोटाको रहेको छ । द्वन्द्व निर्देशन सुरेन्द्र शाहले गरेको यो चलचित्रमा नृत्य बसन्त श्रेष्ठको रहेको छ ।

यसअघि ‘मुटु’ बनाएका बोहराको यो चौँथो चलचित्र हो । ‘ठूली’मा पटकथा/संवाद/गीत निर्देशक बोहराको नै रहेको छ । सुनिल बस्नेत कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu