महाजात्रामा बन्धक बने हरिवंश



काठमाडौँ । सुपर हिट चलचित्र ‘जात्रा’को तेस्रो शृङ्खलामा ‘महाजात्रा’मा अभिनेता हरिवंश आचार्यको प्रवेशले चलचित्रको कौतुहलता बढेको छ । यसैबिच मङ्गलवार यसको फस्ट लुक सार्वजनिक गरिएको छ । पोस्टरमा हरिवंशको भूमिका प्रस्ट पारिएको छ ।

पोस्टरमा हरिवंशलाई दुई हात र खुट्टा बाँधेर ह्वीलचेयरमा राखिएको छ । साथमा प्रमुख तीन अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा छन् ।

यो चलचित्र चैत ९ गते स्वदेशसहित विदेशमा रिलिज हुँदै छ ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भट्टराईको लेखन र निर्देशन छ । उनले चलचित्रले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक तवरले प्रस्तुत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu