खप्तड क्षेत्रमा छायाङ्कन गरिएका तीन म्युजिक भिडियो एकसाथ सार्वजनिक



काठमाडौँ।
‘दृश्यमा खप्तड, शृङ्खला – २’ अन्तर्गत खप्तडमा छायाङ्कन गरिएका तीन म्युजिक भिडियो एकसाथ सार्वजनिक भएका छन् । मङ्गलवार परराष्ट्र मन्त्री एनपी साउदले गीतहरू सार्वजनिक गरेका हुन् ।

मन्त्री साउदले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि म्युजिक भिडियो बनाउनु सृजनशील शैली रहेको बताए । उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवर्द्धनका लागि सघाउ पुग्ने उल्लेख गरे ।

शिव परियार र निता आचार्यको स्वरमा रहेको ‘जिन्दगी त सँगै जिउने हो’ सिडी विजय अधिकारी र निता आचार्यको स्वरमा रहेको ‘गरिदेऊ बिदा’, यसै गरी सिडी विजय अधिकारी र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मन्द मन्द’ सार्वजनिक गरिएका हुन् । ‘जिन्दगी त सँगै जिउने हो’ को शब्द र सङ्गीत नै दीपक शर्माको रहेको छ। यसै गरी ‘गरिदेऊ बिदा’मा शब्द सागर बास्तोलाको रहेको छ भने सङ्गीत ऋषि खड्काले गरेका हुन् भने ‘मन्द मन्द’मा शब्द पद्म लिखा मगरको रहेको छ भने सङ्गीत राजकुमार बगरको रहेको छ।

तीन वटै गीतमा पुरुष मोडलका रूपमा अभिनय सनम कठायतले गरेका छन् । यसै गरी महिला मोडलका रूपमा स्मारिका ढकाल र सोफिया धरेलले गरेका छन् । म्युजिक भिडियोको निर्देशन जनक सिंहले गरेका हुन् भने सिनेमाटोग्राफी दीपक गिरी एन्ड टिमको रहेको छ । भिडियोको सम्पादन भने विकास दाहाल र अमृत चापागाईँले गरेका हुन् ।

सुदूरपश्चिमको अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः यसै गरी देखाउँदै जाने गरी ‘दृश्यमा सुदूरपश्चिम’ अभियान पनि घोषणा गरिएको छ । डकुमेन्ट्री, म्युजिक भिडियो, फिल्मलगायतका माध्यमबाट सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गरिने उक्त अभियानको नेतृत्व गरिरहेका सनम कठायत र डिबी खड्काले बताएका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu