डोरीमा झुन्डिएको क्याफेमा प्रमोदको एड्भेञ्चर ब्रेकफास्ट



गायक प्रमोद खरेलले पर्वत र बागलुङको एड्भेञ्चर हब द क्लिफमा स्काई क्याफेको मज्जा लिएका छन् । काली गण्डकी नदीमाथि बागलुङको बलेवातर्फ भीरमा डोरीमा झुन्डिएको क्याफेमा उनले बिहीबार एड्भेञ्चर ब्रेकफास्ट गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

नेपालमै पहिलो र एक मात्र स्काई क्याफेका लागि भिरमा वारपार स्टिल कोर डोरीको जडान गरिएको छ । सोही डोरीमा घिर्नीका माध्यमबाट टेबल झुन्ड्याइएको छ । क्याफेबाट काली गण्डकी नदी र कुस्मा बजारको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरु गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन् । काली गण्डकी नदीको सतहबाट २५५ मिटरको उचाइमा स्काई क्याफे सञ्चालन गरिएको छ । द क्लिफ पुग्ने पर्यटकले प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ शुल्क तिरेर भिडियो प्याकेजसहित स्काई क्याफेको मज्जा लिन सक्छन् ।

गायक खरेलले स्काई क्याफेका साथै कुस्मामा स्काई चेयरमा समेत मज्जा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu