मिसेस् नेपाल वर्ल्डलाई पुरस्कार र प्रमाणपत्र



काठमाडौँ। रिबन इन्टरटेनमेन्टले केही समय अघि राजधानीमा आयोजना गरेको ‘मिसेस् नेपाल वर्ल्ड २०२३’ का विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । शीर्ष उपाधि विजेता पृथ्विया थापालाई इलेक्ट्रिक स्कुटर तथा अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

त्यसै गरी मिसेस् नेपाल वर्ल्डकी फर्स्ट रनर्सअप आइना गजुरेल, सेकेन्ड रनर्सअप निशा बिस्ट, थर्ड रनर्सअप सरु राज्यलक्ष्मी राणालगायतका विजेतालाई विभिन्न पुरस्कार तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । मिसेस् नेपाल इन्टरनेशनल सिर्जना केसीलाई टेलिभिजन, एमएस नेपाल इन्टरनेशन सीता सुवेदीलाई ओभन तथा मिसेस् नेपाल वर्ल्डको टप फ्यान सन्ध्या गैरेलाई भ्याक्युम क्लिनर प्रदान गरिएको छ ।

विजेताहरूलाई रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, बागमती प्रदेशकी सभासद् हरि प्रभा खड्गी, कर्णाली प्रदेशकी सभासद् जानकी सिंह, पत्रकार अखण्ड भण्डारी, ब्युटी पेजेन्ट एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, ग्रामीण महिला विकास तथा एकता केन्द्रकी महासचिव ज्योत्स्ना साउद, समाजसेवी डा. भद्रा भण्डारी, अभिनेत्री सरिता लामिछानेलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

रिबन इन्टरटेनमेन्टले २०८० कार्तिक २२ गते एकै मञ्चमा मिसेस् नेपाल वर्ल्ड २०२३, मिसेस् नेपाल इन्टरनेसनल २०२३ र एमएस इन्टरनेशनल २०२३ चयन गरेको थियो । मिसेस् नेपाल वर्ल्ड २०२३ पृथ्विया थापाले यही जनवरीमा अमेरिकामा हुने मिसेस् वर्ल्ड, मिसेस् नेपाल इन्टरनेसनल सिर्जना केसीले सिंगापुरमा हुने मिसेस् इन्टरनेशनल, एमएस नेपाल इन्टरनेसनल सीता सुवेदीले सिंगापुरमै हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu