‘कबड्डी’ र ‘नोभेम्वर रेन’को गतिलो लडाई



[dropcap]फ्रा[/dropcap]ईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई प्रतिच्छित नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । दुई हप्ता पहिले प्रदर्शनमा आएको चलचित्र ‘नाई नभन्नु ल-२’ पनि हलमा टिकिरहँदा यो हप्ता ‘नोभेम्वर रेन’ र ‘कबड्डी’ चलचित्र दर्शकमाझ आएका छन् । दुवै चलचित्र आशा गरिएका चलचित्र हुन् । यि दुवै चलचित्रको बिहिवारको छिटफुट प्रदर्शनको समिक्षा राम्रो आईसकेको छ ।

‘कबड्डी’
माया प्रेमको उतारचढाव र ढगीको कथालाई रोमाञ्चित ढङ्गले प्रस्तुत गरिएको यो चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, निश्चल बस्नेत लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । यो चलचित्रका प्रायः दृश्य मुस्ताङमा खिचिएको छ भने केहि दृश्य काठमाडौंका समेटिएका छन् । पुर्णतः नेपाली मौलिकपनालाई समेटिएको यो चलचित्रले दर्शकलाई मनोरञ्जन दिने आशा निर्माण युनिटको छ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

kabaddi
‘नोभेम्वर रेन’
बैशाखको खडेरीको समयमा नै चलचित्र हलमा भने पानी पार्नै गरी आएको चलचित्र हो, ‘नोभैम्वर रेन’ । त्रिकोणात्मक लभ स्टोरीमा आधारित यो चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठीम गुरुङ मुख्य कलाकार छन् । दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा नायक आर्यन र निर्माता सुबास गिरीको लगानी रहेको छ ।

rain
‘मेरो एउटा साथी छ’ पछी लामो समय पश्चात पर्दामा देखिएको नम्रता र आर्यनको जोडीको साथमा छूल्ठिमको अभिनय दर्शकको लागी मनोरञ्जनको खुराक बन्न सक्ने अनुमान गरिएको छ ।  यी दुई नेपाली चलचित्र सँगै बलिउडका पनि दुई प्रतिच्छित चलचित्र ‘कान्छी’ र ‘रिभलवर रानी’ समेत मल्टिप्लेक्ससहितका केहि नेपाली हलम प्रदर्शनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu