गाउँदा गाउँदै रोकिए पनि अघि बढिन् मेनुका, इन्डियन आइडल जित्ने सम्भावना कति ?



काठमाडौँ। नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको उत्कृष्ट ११ मा प्रवेश गरेकी छन्। प्रसारित पछिल्लो शृङ्खलामा बटम चारमा रहेकी उनी भोटको आधारमा सुरक्षित रहिन्।

पछिल्लो शृङ्खलामा उनले गाउँदा गाउँदै ‘लिरिक्स’ बिर्सेपछि निराश बनेकी थिइन्। उनले आइतबारको शृङ्खलामा लगातार तीन गीत गाएकी थिइन्।

सो क्रममा उनले एउटा गीतमा गाउँदा बिचमै अडिएकी थिइन्। सो घटना पछि अतिथि रहेका बलिउड अभिनेता सञ्जय दत्त र निर्णायकहरू स्टेजमा पुगेका थिए। उनीहरूले मेनुकालाई हौसला दिए। चिकित्सकले रक्तचाप जाँच गरी प्रस्तुतिलाई निरन्तर राख्न सुझाव दिएपछि मेनुकाले पुनः गीत गाइन्।

पछिल्लो समय निकै फ्यान कमाएकी मेनुका अबका दिनमा अगाडी बढ्न भोट महत्त्व रहन्छ। बटम चारमा पर्नु भनेको भोटको कमी नै हो। उनले इन्डियन आइडल जित्नको लागि उनको प्रस्तुति मात्र दमदार भएर हुने छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu