काठमाडौँमा ‘चित्रा’ प्रिमियर



काठमाडौँ।
नेपाली चलचित्र ‘चित्रा’ प्रिमियर गरिएको छ । सोमबार साँझ काठमाडौँमा भएको प्रिमियरमा नेपाली चलचित्रकर्मी तथा पत्रकारहरूको उपस्थिति रह्यो ।

भुवन केसी, गौरी मल्ल, नरेश पौड्याल, निर्मल शर्मा, प्रदीप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा लगायतले सो चलचित्र हेरेर विषयवस्तुको प्रशंसा गरे ।

घनश्याम लामिछाने निर्देशित यो चलचित्र पुस २७ गते रिलिज हुँदैछ । पारिवारिक कथामा बेको यस चलचित्रमा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, सन्तोष अधिकारी, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu