रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ प्रसारण हुने



काठमाडौँ।
युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा र्‍याप गीतको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ हुने भएको छ । आयोजकले बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोका बारे जानकारी दिँदै शो एपीवान टेलिभिजनबाट प्रसारण हुने बताए ।

युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन सुरु हुने बताए । उनका अनुसार टेलिभिजनमा अप्रिलबाट र्‍याप ब्याटल नेपाल प्रसारण हुनेछ । ‘शोमा नेपाली साङ्गीतिक फाँटका देखि बलिउडका सङ्गीतकर्मी निर्णायक हुनेछन्’, उनले भने ।

राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेन्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई साङ्गीतिक माहौलमाझ रम्ने वातावरण यस शोले दिने बताए ।

शोको अडिसन काठमाडौँ, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ । शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपूतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलगढीमा माघ २९, झापामा फागुन ०२, इटहरीमा फागुन ०५, चितवनमा फागुन ०९, पोखरामा फागुन १२ र काठमाडौँमा १८ तथा १९ गते गरिने बताए । उनले विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको लागि डिजिटल अडिसन गरिने राजपूतले जानकारी दिए ।

एपिवान टेलिभिजनका समाचार प्रमुख नीरजराज जोशीले शोको सफलताको कामना गर्दै टेलिभिजनले शोलाई सफल पार्न सहयोगीको भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा पे वेलका असिस्टेन्ट सिईओ प्रज्वल आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu