म्युजिक भिडियो ‘अब अर्को जुनीमा’ सार्वजनिक



काठमाडौँ।
नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’ सार्वजनिक गरिएको छ । गायक मगरकै शब्द र सङ्गीत रहेको गीतको भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टि तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतले अभिनय गरेका छन् । भिडियोमा अमेरिकाको मनोरम दृश्यलाई समेटिएको छ ।

गीतकार तथा गायक मगरले गीतलाई आधुनिक शैलीमा तयार पारेका बताए । ‘यो गीतले प्रेम भाव व्यक्त गर्नुका साथै जीवनको महत्वलाई दर्साएको छ । यसले रोमान्टिक फिल दिनुका साथै महत्त्वपूर्ण कथा पनि व्यक्त गरेको छ’, उनले भने ।

भिडियोमा देखिएका कलाकार मध्येका एक कलाकार सागरले पहिलो पटक अमेरिका पुगेर भिडियोमा अभिनय गरेको स्मरण गरे । ‘छ दिनका लागि अमेरिका पुगेर गीतमा अभिनय गरेर फर्किए । संवत् यसरी अभिनय गर्ने कलाकार म नै पहिलो होला’, सागरले भने,’मैले काम गर्दा निर्माण टिमले नेपाल झैँ सहजता दिनुभयो । मैले सक्दो मेहनत गरेको छु ।”

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu