
काठमाडौँ।
आजको आधुनिक समयमा पनि नेपालमा जातीय विभेदका घटनाहरू रोकिएका छैनन् । यस्तै भावमा गायक तथा सङ्गीतकार ओम सुनारले कुप्रथालाई चिर्ने म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
‘मायाले सजाउँला’ बोलको यस गीतमा मुना शाहको शब्द रचना तथा स्वर तथा सङ्गीत ओम सुनारको रहेको छ । देवेन्द्र कुँवरले यसको भिडियो निर्देशन गरेका छन् । भिडियोमा ओम र अलिशा बास्तोलाले अभिनय गरेका छन् । भिडियोमा विजय परियार, लक्ष्मण बस्नेत, उत्तम केसीलगायतको समेत अभिनय छ ।
गायक सुनारले समाजमा गीतसङ्गीतबाट सकारात्मक सन्देश दिन सकिन्छ भनेर यो म्युजिक भिडियो बनाएको बताए ।
भिडियो: