गीति कथा ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक



काठमाडौँ।
आमा-बाबुको सपना बुढेसकालको सहारा छोरा । तर त्यही छोराले आमा बाबुलाई गरेको अपहेलनको कथा समाजमा छरपस्ट रहेका छन् । यस्तै कथा बोकेको एक मार्मिक गीति कथा रिलिज भएको छ । हुर्किएको छोरो अनि बुहारीको वचन, बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिएका तिनै छोरा बुहारीको कथा बोकेको गीत कथा “निक्लेर जा भन्छ छोराले” सार्वजनिक भएको हो ।

राजनराज सिवाकोटीको शब्द र सङ्गीतमा रहेको गीतमा राजनराजलाई आवाजमा टिका पुन र रिता केसीले साथ दिएका छन् । भिडियोको कथा र प्रस्तुति मन छुने बनाइएको छ ।

विभोर पोख्रेलले निर्देशन गरेको भिडियोलाई रेबेल क्रिएशनको प्रस्तुतिमा गगन लाल प्रधानले निर्माण गरेका छन् । भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय रहेको छ। बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu