पिताको चलचित्रबाट हिरो बन्दै बिराज भट्टका छोरा, फोटो सार्वजनिक सँगै चर्चामा



काठमाडौँ। अभिनेता बिराज भट्टले नयाँ प्रोजेक्ट ‘१२ गाउँ’बाट छोरा समीर भट्टलाई ‘हिरो’का रूपमा डेब्यू गराउने भएका छन् । होम प्रोडक्सनको यो फिल्ममा मुम्बईमा सङ्घर्षरत छोरा समीरलाई अभिनय गराउन लागेका हुन् ।

विराजको पनि अभिनय रहने चलचित्रमा बाबुछोराको भूमिका समान हुनेछ । विराजले सामाजिक सञ्जालमार्फत छोराको ‘६ प्याक’ शरीरयुक्त तस्बिर सार्वजनिक गर्दै ‘१२ गाउँ’मा अभिनय गराउने जानकारी दिएका छन् । फोटो सार्वजनिक भएसँगै चर्चा चलिरहेको छ।

समीर १० वर्षयता भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम र जिम्याष्टिक प्रशिक्षण लिइरहेका छन् । उनले मुम्बईमा किशोर–नमितबाट अभिनयको प्रशिक्षण लिएका हुन् । विराजले नै सामाजिक सञ्जालमार्फत छोराको तस्बिर सार्वजनिक गरेका हुन् ।

व्यवस्थापनमा ग्र्याजुएसन समीर बुवाको फिल्ममा अभिनय गर्न पाउँदा उत्साहित छन् । विराजको फिल्ममा सन्तोष सरकारको कथा र पटकथा रहनेछ । फिल्ममा अर्जुन पोखरेलको सङ्गीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu