मिसेस वर्ल्डमा नेपालकी पृथ्वीया, ५७ देशका विवाहित सुन्दरीसँग प्रतिस्पर्धा



काठमाडौँ।
‘मिसेस वर्ल्ड नेपाल २०२३’ पृथ्वीया थापा अमेरिका पुगेकी छन् । विवाहित महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्न उनी गत शनिबार त्यसतर्फ गएकी थिइन् ।

पृथ्वीया आईतवारदेखि आगामी शुक्रवारसम्म अमेरिकाको लसभेगासमा हुने इभेन्टमा नेपालको प्रतिनिधित्व गरिरहेकी छन् । मिसेस वर्ल्ड नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले गत शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी पृथ्वीयालाई सफलताको शुभकामना दिँदै बिदाई गरेको थियो ।

पृथ्वीयाले यस वर्षको ‘मिसेस वर्ल्ड २०२४ का लागि आफूले भरपुर तयारी गरेको बताइन् । ‘त्यहाँ नेपालको भेषभुषा, संस्कृति र नेपाली नारीको पहिचान झल्काउने छु’, पृथ्वीयाले पत्रकारहरुसँग कुराकानी गर्दै भनिन्, ‘नेपाली महिलाको आत्मविश्वास र स्वभावलाई प्रतियोगितामा प्रस्तुत गर्नेछु ।’

पृथ्वीयाले विश्वका ५७ देशका विवाहित सुन्दरीको सहभागिता रहने प्रतियोगिताको नेसनल कष्ट्युम राउण्डमा पूर्वी नेपालको किराँत समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गरगहना प्रदर्शन गर्नेछिन् । उनले नेपालको हस्तकलाको सामाग्री, काठको आकर्षक डिजाइनभित्र सजाइएको सगरमाथा अंकित तस्वीरलाई त्यहाँ प्रदर्शन गर्ने पनि बताइन् । पृथ्वीयाको पहिरन फेसन डिजाइनर बनिषा शर्माले तयार पारेकी छन् ।

मिसेस वर्ल्ड नेपालका नेपाल निर्देशक अश्विनीकान्त झाले नेपालले उपलब्धि लिएर पृथ्वीया नेपाल फर्कनेमा आफू ढुक्क रहेको बबताए । आयोजनक रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले प्रतियोगितामा भोटिङको उत्तिकै महत्व रहेकाले सामाजिक सञ्जालमार्फत पृथ्वीयालाई भोटिङमा सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu