‘सपना भुलाई सारा’ गायक योगेश वैद्यको निधन



काठमाडौँ। वरिष्ठ गायक, सङ्गीतकार तथा गीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा शुक्रवार बिहान १२:३० बजे निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौँ न्युरो जनरल अस्पताल गण बहालमा उपचारका क्रममा निधन भएको हो ।

बासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीका अनुसार बिहीबार बेलुका योगेशलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । योगेश बासु शशी स्मृति परिषद्का सल्लाहकार हुन् । योगेश लामो समयदेखि मधुमेह तथा मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

सचिव जोशीले योगेशको शवलाई अस्पतालबाट नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जली दिई पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जानकारी दिए । 

योगेशको परिवारमा श्रीमती, एक छोरा र दुई छोरी छन् ।

योगेशको जन्म २००३ साल असार २४ गते नाग पञ्चमीको दिन बुवा इन्दिरानन्द वैद्य र आमा रुक्मिणी वैद्यको सन्तानका रूपमा नरदेवी काठमाडौँमा भएको थियो । 

योगेशले २०४४ सालमा गाएको गीत ‘सपना भुलाई सारा’ नेपाली गीत सङ्गीतमा कालजयी गीत मानिन्छ । उनका ‘चोट दिलमै रात दिन’, ‘एक यहाँ एक मन’, ‘मेरो माया तिम्रो’लगायतका गीत छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu