केकी पछि हटेपछि नितालाई मौका



keki-n-neeta

[dropcap][/dropcap]सअघी केकी अधिकारीले अभिनय गर्ने भनिएको चलचित्र ‘धुन’मा नीता ढुङ्गाना ईन्ट्री गरेकी छिन् । सुरुमा नीताको कुरा भएपनि पुनः केकीले अभिनय गर्नै भनिएको थियो । तर यो चलचित्रको निर्माण टिमले केकिको व्यस्तता पर्खिन नसक्ने भएपछी ‘धुन’मा नीताको पुनः ईन्ट्री भएको हो । केकीले आफ्नै पारिवारीक कारण देखाउँदै व्यस्त हुनु परेकोले तत्कालको लागी चलचित्रको लागी समय दिन नसक्ने भएकोले उनको ठाउँमा नीतालाई लिईएको निर्माण युनिटले जानकारी दिएको छ । चलचित्रलाई कृष्ण पौडेलले निर्देशन गर्दैछन् ।

बैसाखको अर्को हप्ताबाट फ्लोरमा जाने तयारी भईरहेको यो चलचित्रको लागी अब भने सबै कलाकारहरुको टुंगो लागेको छ । चलचित्रमा जीवन लुईंटेल, मुकेश ढकाल, नीता ढुङ्गाना, श्रेया दुलाल लगायतका कलाकारहरुले अभिनय गर्ने पक्का भएको निर्मात्री मालती शाहले जानकारी दिईन् । यो चलचित्रमा मालतीसँगै शुसिल शाह, मधुसुदन ढकाल र श्रेया दुलालको पनि लगानी रहने छ । यसअघी ‘लंका’ र ‘झोला’ जस्तो सफल चलचित्र दिएकी निर्मात्री मालती तथा शुसिलले यो चलचित्रको कथा पनि राम्रो भएको जनाउँदै दर्शकको चाहनानुसारको चलचित्र बन्ने दावी गरे ।

म्युजिकल लभ स्टोरीमा आधारित रहने यो चलचित्रमा काठमाडौं र पोखराका बिभिन्न ठाउँका दृश्यहरु समावेश हुनेछन् । ‘धुन’मा संगीत लक्की सिटौलाको रहने छ, चलचित्रलाई बिरेन्द्र भट्टले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu