म्युजिक भिडियो ‘म को हुँ’मा सरोज खनालसँग शिल्पा



काठमाडौँ।
रामकृष्ण ढकाल र रानी शाक्यको स्वरमा रहेको गीत ‘म को हुँ’ रिलिज भएको छ । यो गीतमा रिमेश कुमारको सङ्गीत, जनक वाग्लेको शब्द छ । यस भिडियोमा वरिष्ठ कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ ।

एक अर्काको हुन नसकेको पीडा यो गीतको भिडियोमा सरोज र शिल्पामा पोखिएको छ । कलाकार सरोज खनालले यो गीत र भिडियो आफ्ना लागि विशेष रहेको बताएका छन् । राम कुमार केसीको छायाङ्कन, विजेश पौडेलको सम्पादन रहेको यो गीतको भिडियोलाई रसरङ्ग मिडियाले तयार पारेको हो । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu