काठमाडौँ।
गायिका उमा श्रेष्ठको स्वरमा रहेको गीत ‘के भुल गरेथेँ र मैले’ बोलको गीतको श्रव्य दृश्य सार्वजनिक गरिएको छ । उपसभामुख इन्दिरा राना मगरको उपस्थितिमा काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।
यस गीतमा शब्द रचना अर्जुन थेबेको र सङ्गीत देवराज आले मगरको रहेको छ । सन्तान नहुँदाको पारिवारिक तनावलाई देखाउन खोजिएको यसको भिडियो कमल एक्चै मगरले निर्देशन गरेका छन् भने सिमान्त उदास र उमा श्रेष्ठको अभिनय छ ।
भिडियो: