पत्रकार अधिकारीको पुस्तक ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण



काठमाडौँ
पत्रकार गीता अधिकारीले आफ्नो पहिलो कृति ‘मैले पढेका ५१ पुस्तक’ सार्वजनिक गरेकी छन् । सोमबार काठमाडौँमा  आयोजित एक समारोहबिच उक्त कृतिको लोकार्पण गरिएको हो । 

मिलाप पब्लिकेशनले प्रकाशन गरेको पुस्तक वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह, सञ्चारिका समूह अध्यक्ष विमला तुम्खेवा, हिमालय टाइम्स दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, वशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाललगायतले लोकार्पण गरे ।

कृतिकार अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई यसमा समावेश गरेको जानकारी गराइन् । “पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु । यसलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका लागि अनुरोध गर्दछु”, उनले भनिन् ।

१९२ पेजको यस पुस्तकको मूल्य रु. ४०० राखिएको छ । अधिकारीले कला पत्रकारितासँगै गीत रचना समेत गर्दै आएकी छन् । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu