निर्देशक समाजका उपाध्यक्ष सहित छ पदाधिकारीद्वारा राजिनामा



nirdeshak-samaj

[dropcap][/dropcap]छिल्लो समय बिभिन्न कारणले भित्र भित्रै विवादमा मुछिएको चलचित्र निर्देशक समाजको विवाद राजिनामा सम्मै पुगेको छ। विविध कारण देखाउदै कार्यसमितिमा रहेका ६ जना पदाधिकारीले शुक्रवार दिउँसो सामुहिक राजिनामा दिएका छन् । कार्यसमितिमा रहेका १४ जना पदाधिकारी मध्य महासचिव ऋषि लामिछाने र उपाध्यक्ष राजु केसी सहितका छ जनाले राजिनामा दिएका हुन् ।

राजिनामा दिने हरूमा ऋषि र उपाध्यक्ष केसी सहित, सचिव श्याम भट्टराई, सह-कोषध्यक्ष गोपालचन्द्र लामिछाने, कार्यसमिति सदस्य आर बि के सरद र सदस्य महेश डंगोल रहेका छन् । ठुलोपर्दा डटकमसँग कुरा गर्दै महासचिव लामिछानेले अध्यक्ष दिनेश डिसीले कार्यसमितिमा रहेका पदाधिकारीहरुसँग कुनै सर-सल्लाह नै नगरी एकलौटी रुपमा संस्था चलाउन खोजेको आरोप लगाउदै त्यो सह्य नभएर राजिनामा दिन बाध्य भएको बताए । साथै उनले यो मात्रै नभएर निर्देशक समाजमा पछिल्लो समय ठुलो विकृति तथा चलखेल बढेको भन्दै त्यो बारेमा पनि केहि दिनमा नै पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्ने तयारी भैरहेको बताए ।

यो राजीनामाले निर्देशक समाजमा ठुलै हलचल ल्याउने निश्चित देखिएको छ । करिन एक बर्ष पहिले निर्वाचनबाट आएको यो कार्यसमितीमा एक बर्षकै अन्तरमा खैला बैला मच्चिएको हो । राजिनामा दिएका महासचिव लामिछाने र उपाध्यक्ष केसी समाजको निर्वाचनबाट सर्वाधिक मत ल्याएर निर्वाचित भएका पधादिकारी हुन् । सामुहिक राजिनामा दिएका सबैको राजिनामा निर्देशक समाजमा बैशाख १२ गतेको ३२ नम्वरमा दर्ता भएको छ । श्रोतका अनुसार अध्यक्ष डिसीले राजिनामा स्वीकृत गर्न सक्ने बताईएको छ ।

श्रोतका अनुसार पनि अध्यक्ष डिसीसँग चिढिएका थप दुई जना पदाधीकारीले पनि राजिनामा दिने मनस्थितीमा पुगेको बुझिएको छ । यदी यसो भएमा अल्पमतमा पर्दै अध्यक्ष डिसीको पद संकटमा पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu