मेनुकाको आँखामा राखियो विशेष डिभाइस, अब हुनेछ सहज जिन्दगी



काठमाडौँ। भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’को उत्कृष्ट १० मा परेकी नेपालकी गायिका मेनुका पौडेलको आँखामा विशेष डिभाइस राखिएको छ ।

यो डिभाइस उनको आँखामा राखेपछि उनले एक्लै हिँड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने भएकी छन् । मेनुकालाई उनको उपचारमा इन्डियन आइडलकै टिमले सहयोग गरेको छ । टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराएको थियो । 

उपचारमा संलग्न चिकित्सकका अनुसार मेनुकाको आँखाको नर्भ्सले काम गरेको छैन । जस कारण उने पूर्ण रूपमा दृष्टि पाउन नसके पनि विशेष डिभाइसको मद्दतमा आंशिक रूपमा देख्न सक्नेछिन् ।

मेनुकाको आँखाको उपचार भएको थाहा पाएपछि आइडलकी निर्णायक श्रेया घोषालले नयाँ वर्षमा अर्को खुसीको खबर आएको भन्दै आभार व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu