‘हात्तीछाप’को ट्रेलर सार्वजनिक



काठमाडौँ।
यही माघ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा व्यङ्ग्यात्मक शैलीमा मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई राखिएको छ । 

‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका छन् । यसमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी सहित बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला लगायतका कलाकारको अभिनय छ । निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्वाजको लेखन, देव महर्जनको एक्सन, सुशन प्रजापतिको छायाङ्कन छ । 

रोहित कट्टेलले नेपालमा यो चलचित्रको वितरण गर्नेछन् भने एमएसएम पोस्ट प्रोडक्शनले ओभरसिजमा चलचित्रको वितरण गर्नेछ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रूपमा छन् । सरोज नेपाली चलचित्रका कार्यकारी निर्माता हुन् ।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu