चलचित्रसँग नजिक रहेको खल्तीले पुरा गर्‍यो सात वर्ष



काठमाडौँ।
विगत तीन वर्षदेखि नेपाली चलचित्रको प्रचारमा सहकार्य गर्दै आएको खल्ती स्थापनाको सात वर्ष पुरा भएको छ । पछिल्ला तीन वर्षमा खल्तीले ४० भन्दा बढी नेपाली चलचित्रसँग सहकार्य गरेको जनाएको छ । यो सहकार्यले खल्तीसँगै नेपाली चलचित्रका निर्माता र कलाकारले पनि राम्रो फाइदा लिन सकेको खल्तीको दाबी छ ।

खल्तीले आफ्नो एपमा नेपालमा प्रदर्शन भइरहेका सबै चलचित्रको नेपालभरका लगभग सबै हलको टिकट सजिलै काट्न सकिने सिस्टम बनाएको छ । जसबाट करिब ३५ प्रतिशत टिकट खल्तीबाट मात्रै किनिने गरेको तथ्याङ्क छ । खल्तीबाट ५१ वटा हलहरूका १२० वटा पर्दामा सहजै टिकट काट्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu