राजेशले ‘प्यारो नेपाल’ भन्दा विदेशीले कम्मर मर्काए



बैकुण्ठराज पराजुली। बसन्तपुर दरवार स्क्वायर दिनहुँ मानिसहरुको चहल पहल हुने ठाउँ हो । पर्यटकिय नगरी बसन्तपुरमा दिनहुँजसो स्वदेशी तथा विदेशी पर्यटकदेखी स्थानियहरुको आवत-जावत हुने गर्दछ । कहिले राजनीतिक दलको कार्यक्रम त कहिले बिभिन्न व्याण्डको कन्सर्टले यहाँ आउनेहरुलाई झूमाउने गर्दछ ।

rajesh-payal-rai-1

तर शुक्रवार बसन्तपुरमा अर्को रोमाञ्चक दृश्य देखियो । चर्को गर्मीको कुनै पर्वाह नगरी गायक राजेशपायल राई चर्को-चर्को स्वरमा ‘मेरो काठमाडौं-प्यारो काठमाडौं’, मेरो नेपाल प्यारो नेपाल’ भन्दै गीत गाउँदै थिए भने उनको गीतमा थुप्रै नेपाली तथा विदेशी दर्शकहरुले कम्मर मर्काउँदै मनोरञ्जन लिएको प्रष्ट बुझ्न सकिन्थ्यो, यो पढ्दै गर्दा नझुक्किनु कि गायक राजेशपायलले बसन्तपुरमा कुनै कन्सर्ट, तथा सभामा गीत प्रस्तुत गर्दै थिएनन् थिए त छायांकनमा रहेको चलचित्र ‘साईकल’को लागी गीत गाउँदै गरेको अभिनय गर्दै ।

rajesh-payal-rai-2

चर्चित गायक राजेशपायलले ‘यसैले पढ्न लेख्न सिकायो, यसैले अघि बढ्न सिकायो, मेरो काठमाडौं, प्यारो नेपाल’ बोलको गीत गाउँदै गर्दा तथा अभिनय गरिरहँदा राष्ट्रिय झण्डा सहित थुप्रै विदेशी पर्यटकले नेपालको देशप्रेमको पक्षमा उभिँदै जानी नजानी कम्मर मर्काए । चलचित्रमा समावेश गीतमा स्वर मात्रै दिएका राजेश यो देशभक्तिपूर्ण गीतमा भने फिचरिङ् गर्ने भएका छन । चलचित्रमा उनले कन्सर्टमा गीत गाउँदै गरेको रुपमा यो दृश्य ‘भिज्युलाईज’ हुनेछ । यो गीतमा राजेन्द्र श्रेष्ठको संगीत रहेको छ भने नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् ।

rajesh-payal-rai-3

करिव ९५ प्रतिशत छायांकन सकिएको यो चलचित्रको अब एक गीत मात्रै छायांकन हुन वाँकी छ । शिव घिमिरेले एक्शन कट गरिरहेको यो चलचित्रमा विक्की मल्ल, ममता लुईटेल, आनन्द पुन, हर्षिका श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

rajesh-payal-rai-4

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu