गाडी दुर्घटना भयो, हामी सबै सुरक्षित छौँ: रचना रिमाल



काठमाडौँ।
नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै गरेकी गायिका रचना रिमाल सवार रहेको गाडी दुर्घटनामा परेको छ । रिमालले दुर्घटनामा आफू सुरक्षित रहेको बताएकी छन् । उनीसँगै रहेका शिवु खनालको भने घुँडामा चोट लागेको छ ।

रिमालले फेसबुकमा लेखेकी छन्, “आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडिलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो । गाडीमा केही क्षति पुगेको छ । यात्रुहरू हामी सबै सकुशल छौँ । साथै आज लमही महोत्सवमा हुने भनिएको मेरो साङ्गीतिक प्रस्तुति भोलि रहने सबैमा जानकारी गराउँदछु। आज उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु ।”

दुर्घटनाका कारण आइतबार बेलुका लमही महोत्सवमा प्रस्तुति दिने कार्यक्रम रोकिएको थियो । आफ्नो प्रस्तुति सोमबार दिने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu