‘दुखी आत्मा’मा दयाहाङको जोडी बनिन् आँचल



काठमाडौँ।
निर्देशक दीपेन्द्र लामाको नयाँ चलचित्र ‘दुखी आत्मा’मा अभिनेत्री आँचल शर्मा अभिनेता दयाहाङ राईको जोडी बन्ने भएकी छन् । निर्देशक लामाले स्क्रिप्टको मागअनुसार आँचललाई लिइएको बताए ।

क्लक वर्क क्रियसनको ब्यानरमा बन्ने चलचित्रका निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपर हिट भएको थियो ।

चलचित्रका अन्य कलाकार र प्राविधिक चयन कार्य केही समयमा गरिने निर्माता कडरियाले बताए । यसको वितरण आरआर फिल्मस्ले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu