‘मिसेस् वर्ल्ड’मा नेपालकी पृथ्वीयालाई ‘ह्युमनिटेरियन अवार्ड’



काठमाडौँ। अमेरिकाको लसभेगासमा सम्पन्न विवाहित महिलाहरूबिचको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस् वर्ल्ड–२०२३’ मा नेपाली प्रतियोगी पृथ्वीया थापाले सेमी फाइनलसम्म पुगी ‘ह्युमनिटेरियन अवार्ड’ जितेकी छन् । यो सौन्दर्य प्रतियोगितामा शीर्ष उपाधिबाहेक सात विधागत उपाधि छन् । जसमा नेपालले ‘ह्युमनिटेरियन अवार्ड’ जितेको हो ।

पृथ्वीयाले ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपाधि दिलाउन सक्नु आफ्ना लागि ठुलो सफलता भएको बताइन् । ‘हामीले अझ बढी तयारी गरेर सहभागी भएमा मिसेस् वर्ल्डको उपाधि जित्न पनि सकिन्छ’ पृथ्वीयाले भनिन् । उनी उपाधि सहित यसै साता नेपाल फर्कँदै छिन् ।

‘मिसेस् नेपाल वर्ल्डको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफूहरूले ठुलो सफलताको रूपमा लिएको बताए । ‘मिसेस् वर्ल्डमा हामीले प्रतिनिधित्व गराएको यो दोस्रो अवसर हो । दोस्रो अवसरमै एउटा मुख्य अवार्ड हासिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो’ उनले भने ।

प्रतियोगितामा ‘मिसेस् वर्ल्ड २०२३’ को उपाधि जर्मनकी जुलिया क्यारोलिनले जितेकी छन् । मेडिकल डक्टरसमेत रहेकी जुलियाले बालबालिका र ज्येष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छिन् । विश्वका ५७ भन्दा बढी देशका विवाहित सुन्दरीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरणमा विभिन्न ३८ देशका महिलाले प्रवेश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu