‘अगस्त्य’ टिजरको उच्च हाइप



काठमाडौँ। चलचित्र ‘अगस्त्य : च्याप्टर १’को सार्वजनिक टिजरले तारिफ पाएसँगै यसले उच्च हाइप पाएको छ । चलचित्रको फस्ट लुकले चासो बढाइरहँदा टिजरले त्यो चासोमा थप बढवा दिएको छ । फागुन १८ गते रिलिज हुने चलचित्रको चर्चा टिजर र फस्ट लुकले उत्तिकै बढाएको छ ।

चलचित्रमा सौगात र नाजिरको एक्सन लुक्स र प्रमोद अग्रहरीको भिलेन लुक्सले पनि चलचित्रको महत्त्व बढाइदिएको छ । यो चलचित्रकै लागि नाजिरले २० किलो तौल बढाउनु र सौगातले तौल घटाउनुले पनि यी दुई कलाकार आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रस्ट्याउँछ ।

टिजरमा सौगातको रोमान्टिक, एक्सन र मानसिक सन्तुलन गुमेको दृश्य चरित्र कथाको ट्वीस्ट ल्याउने दृश्य रहेको बुझ्न सकिन्छ । टिजरको अन्तिममा मेशिनगन लिएर प्रस्तुत भएका नाजिर हुसेनको प्रभावशाली चरित्रले होस् या प्रमोद अग्रहरी र निश्चल बस्नेतको झलकले सबैको ध्यान तान्न सफल भएको छ । टिजरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर उत्तिकै दमदार छ ।

टिजरमा समावेश ‘मानव सभ्यताको सुरुवात जङ्गलबाट भयो, जङ्गल जङ्गल मासेर गाउँ बन्यो, गाउँबाट सहर सबै कुरा बदलियो यहाँ, तर बदलिएन मान्छे भित्रको जनवार’भन्ने संवादलाई दर्शकले औधी मन पराएका छन् ।

टिजर सार्वजनिक भएको ३ दिनमै युट्युबमा करिब तीन लाख जनाले हेरेका छन् । करिब १३ सय जनाले प्रतिक्रिया दिएका छन् । सौरभ चौधरीको लेखन र निर्देशन रहेको चलचित्रको फागुन ३ गते ट्रेलर सार्वजनिक हुँदैछ । 

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायाङ्कन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको सङ्गीत छ ।

डार्क हर्ष इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो चलचित्र फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ ।

चलचित्र अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अस्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu