पूर्वमा ‘दमदार’ हिट बनाउन चन्द्रलाई चटारो



[dropcap]‘द[/dropcap]मदार’ पछिल्लो समय चर्चामा रहेको चलचित्र मध्येको एक हो । सामाजिक कथामा आधारित एक्शन श्रेणीमा तयार यो चलचित्र यहि बैसाख २६ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ । सुमन बिष्टसँगको सहकार्यमा चलचित्र ‘दमदार’ बनाएका चन्द्र गौतमलाई यतिबेला भ्याई नभ्याई छ। नेपालको पूर्वी जिल्ला झापाका स्थानिय गौतमले पूर्वी नेपालका जिल्लामा ‘दमदार’ हिट बनाउन दौडधुप गरिरहेका छन्। व्यस्त समयतालिका बीच कहिले राजधानी त कहिले पूर्व गर्दै उनले प्रचार प्रसार गरिरहेका छन्। चन्द्रको दौडधुप पूर्वमा दमदारले दमदारै गर्ने अपेक्षा गरिएको छ। चन्द्र यसै चलचित्र मार्फत रजतपटमा आएका हुन्।

दुई नायकको साथमा निर्माता चन्द्र गौतम
दुई नायकको साथमा कार्यकारी निर्माता चन्द्र गौतम

राजधानी पछिको उत्कृष्ट चलचित्र व्यापारको लागि पूर्वका केहि जिल्लालाई लिईन्छ। पूर्वी नेपालमा नेपाली चलचित्रलाई माया गर्ने धेरै दर्शक भएको कारण आफु त्यता बढि केन्द्रित भएको र राजधानी सहित अन्य क्षेत्रमा चलचित्र टिमका अन्य सदस्यहरु लागिपरेको गौतमले बताए। ‘पूर्वमा राम्रो व्यापार देखेको छु, म आँफै पूर्वको स्थानिय हुँ त्यसकारण पनि म यतै केन्द्रित भएको छु’ गौतमले बताए।

रेखा थापालाई एक्शनमा उतारेका चन्द्रले रेखाकै कारण दर्शकलाई ‘दमदार’ प्रति थप चासो र उत्साह रहेको अनुभव आफुले पाएको बताए। ‘पूर्वका दर्शकले रेखालाई अझै माया गर्दा रहेछन् कारण उनि पनि पूर्वकै हुन्’ चन्द्रले थपे, ‘दमदारलाई रेखाले आफ्नै चलचित्र मान्नुहुन्छ’। रेखासँगै नायक सबिन श्रेष्ठको पनि उत्कृष्ट अभिनय रहेको उनले बताए। ‘क्षमतावान निर्देशक तथा कलाकारहरु लिएर काम गर्दा चलचित्र राम्रो बन्छ त्यसैले मैले यो सबै मिलाएर चलचित्रमा लगानी गरेको हुँ’ ‘दमदार’बाट आशावादी बनेका निर्माता गौतमले ठुलोपर्दा डटकमलाई बताए। कानुनले बर्खास्त गरेर बर्दीबिहिन भएकी राष्ट्रसेवकको रुपमा रेखा रहेकी छिन्। ‘प्राण भन्दा प्यारो’ नामक चलचित्रबाट डेब्यू गरेका बाशु पुडासैनी पनि ‘दमदार’मा दमदार भुमिकामा छन्।

damdar

चन्द्र गौतम कमलकृष्ण निर्देशित दमदारका कार्यकारी निर्माता हुन्। सुमन बिष्ट निर्माता रहेको यो चलचित्र सारा फिल्मस् को ब्यानरमा बनेको हो। चन्द्र पन्तको द्वन्द्व, कमलकृष्णको संगीत तथा सौरभ लामाको छायांकन र पटकथा एवं संवाद नवराज शर्माको रहेको छ। यो चलचित्रमा काठमाण्डौ, झापा र भारतको सिलगुडीका विभिन्न ठाउँहरुका दृश्यहरु समावेश छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu