युवराज चौलागाईँको स्वरमा ‘नझुक्काऊ मलाई’ गीत सार्वजनिक



काठमाडौँ।
गायक युवराज चौलागाईँको स्वरमा रहेको गीत ‘नझुक्काऊ मलाई’ को श्रव्य दृश्य सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा दीपिका थापा रिमालको शब्द रचना तथा युवराज चौलागाईँको सङ्गीत र स्वर रहेको छ ।

शान थापाले निर्देशन गरेको यसको भिडियोमा गायक चौलागाईँ आफैले अभिनय गरेका छन् । उनी परपुरुषसँग प्रेममा रहेकी तथा सम्पत्तिको लागि विवाह गरेकी युवतीको पतिको भूमिका निभाएका छन् । भिडियोमा मोडल कुसुम शर्मा र विकास लामिछानेको समेत अभिनय रहेको छ । मेनुका ढकालले सहायक भूमिकामा अभिनय गरेकी छन् । भिडियोको अवधारणा राज आचार्यको हो ।

भिडियोलाई अर्जुन तिवारी र उनको टिमले छायाङ्कन गरेको छ भने मिलन विश्वकर्माले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu