दयाहाङ भन्छन्, ‘हात्तीछाप दामी बनेको छ’



काठमाडौँ।
अमेरिकाबाट फर्किए लगतै माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा देखिएका नायक

अभिनेता दयाहाङ राई रिलिजको सम्मुखमा रहेको चलचित्र ‘हात्तीछाप’लाई लिएर उत्साहित छन् । हालै मात्र चलचित्र ‘भुठान’मा अभिनय गरी अमेरिकाबाट फर्किएका उनले पत्रकारहरूसँग कुराकानी गर्दै यो चलचित्र ‘दामी’ बनेको दाबी गरे ।

किन ‘हात्तीछाप’ मा अभिनय गर्नुभयो भन्ने प्रश्नमा दयाले भने, “पहिलो कुरा त यो फिल्मको कथावस्तु निकै नै राम्रो छ । दोस्रो कुरा निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने विषयमा छलफल भइरहेको थियो । पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यस पटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ ।”

दयाले यो फिल्मबाट आफू सन्तुष्ट रहेको बताए, “यसको मुख्य उद्देश्य त व्यावसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ । यो फिल्म दामी बनेको छ । यसैले, म उत्साहित छु ।”

दयासँगै रहेकी नायिका उपासना सिंह ठकुरीले पनि यसको कथावस्तु शक्तिशाली रहेको बताइन् । चलचित्र भित्रका दयाहाङ कस्ता प्रेमी हुन् भन्ने प्रश्नमा उपासनाले भनिन्, “चलचित्र भित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ । जसले, आफ्नी प्रेमिकालाई मात्र नभएर सिङ्गो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।” उपासनाले थपिन्, “यो फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्छ । यसलाई व्यावसायिक फिल्मको रूपमा मात्र हेर्नु हुँदैन । सबै नेपालीहरूले भोगेको विषयलाई लिएर कथा बनाइएको छ ।”

यस चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu