काठमाडौं उपत्यका बाहिरको प्रचारमा ‘गोर्खा वारियर’



चितवन।
ऐतिहासिक विषयमा बनेको नेपाली चलचित्र ‘गोर्खा वारियर’ टिमले काठमाडौं उपत्यका बाहिरको प्रचारमा समय दिइरहेको छ । आगामी फागुन ११ गते रिलिज हुने यस चलचित्रको प्रचारमा मोफसलका मिडियासँग साक्षात्कार भइरहेको छ ।

मङ्गलवार पूर्वी नेपालको धरानमा पत्रकार सम्मेलन आयोजना भएको थियो भने बुधवार बिहान हेटौँडामा पत्रकार सम्मेलन भयो । बुधवार नै चितवनको नारायणगढमा सम्मेलन भयो । बिहीबार बुटवलमा र शुक्रवार पोखरामा पत्रकार भेटघाट आयोजना गरेर काठमाडौं फर्किने योजना रहेको निर्देशक मिलन चाम्सले बताए ।

पत्रकार सम्मेलनका क्रममा ‘गोर्खा वारियर’ गोर्खाली सेनामा आबद्ध रहेका पुर्खाहरूको मौलिक चलचित्र रहेको बताइयो । यसको विषय ७० वर्ष अघिको नेपाली मौलिक सामाजिक कथावस्तुका साथै युद्धमा गोर्खालीहरूको कथावस्तुमा आधारित रहेको बताइएको छ ।

चलचित्रमा रेविका गुरुङ, रितेश चाम्ससँगै विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिंह राई, त्रिछु राई, दिग्गज खत्री लगायतको कलाकारहरूको अभिनय रहेको छ ।चलचित्रलाई प्रशान्त थापा, राजेन्द्र घिमिरे, सुरेश राई, ज्योतिराज राई, सुमी राई, निर्मला राई परिवेश, नितम राईले संयुक्त रूपमा निर्माण गरेका छन् । निर्माताको रूपमा सुमन राई र सुस्मिता वाइबा रहेकी छिन् । चलचित्रमा एलिश कार्की र सुरेश राईको सङ्गीत रहेको छ भने रवीन्द्र न्यौपाने र बाबु श्रेष्ठले खिचेका हुन् । चलचित्रको पटकथा, संवाद तथा लेखन निर्देशक चाम्स र गिरिराज घिमिरेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu