बम्पर भए ‘कबड्डी’ र ‘नोभेम्वर रेन’



शुक्रवारबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘कबड्डी’ र  ‘नोभेम्वर रेन’ हेर्न गएका दर्शकको चापका कारण शुक्रवार र शनीवार देशैभरमा चलचित्र हलमा खुट्टा राख्ने ठाउँ समेत थिएन । यी दुई चलचित्र हेर्न सिनेमा हलमा शुक्रवार र शनिवारको सबै ‘शो’मा दर्शकको ओहिरो नै लाग्यो । दुवै चलचित्र हालसम्म हाउसफुलका साथ चलिरहेका छन् । यि चलचित्रले नेपाली चलचित्रको भविष्य उज्ज्वल रहेको संकेत दिएका छन् । पहिलोपटक एकै दिन रिलिज भएका दुई चलचित्र नै हाउसफुल व्यापार गरिरहेका छन् ।

kazi-style-kabaddi
चलचित्र हेरिसकेपछि काजी स्टाइल देखाउँदै ‘कबड्डी’का फ्यानहरु

एकै दिनमा दुवै चलचित्र हेर्ने दर्शक समेत उल्लेख्य मात्रामा भेटिएका छन् । प्रायः दिउसोका शोमा एकपछि अर्को चलचित्र हेरिएको छ । जसका कारण दुवै चलचित्रको व्यापार राम्रो भएको आँकलन गरिएको छ । चलचित्र हेर्ने दर्शकले गजबको भन्ने प्रतिक्रिया दिएकोले पनि दुवै चलचित्रले आईतवारदेखी ‘वर्ड अफ माउथ’को कारण पनि थप ‘पिक अप’ लिने सम्भावना बढेको छ ।

हल सञ्चालक र वितरकको आन्तरिक विवादको कारण गोपीकृष्ण हलबाट हटाईए पनि राजधानी र मोफसलका प्रायः सबै हलमा ‘कबड्डी’ पनि हाउसफुल बन्यो । नेपाली मौलिकपना समेटेको तथा गाउँलेपनालाई जोड दिएकोले पनि यो चलचित्रमा दर्शकको साथ बलियो पायो । रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङको मुख्य अभिनय रहेको छ ।

rain

दिनेश राउत निर्देशित ‘नोभेम्वर रेन’ ले पनि उस्तै व्यापार गरिरहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङको मुख्य अभिनय रहेको छ । चलचित्रमा निमाता सुबास गिरी र नायक आर्यनको संयुक्त लगानी छ ।

हालसम्मको अवस्थाले हेर्दा यी दुवै चलचित्रले आईतवारबाट पनि दर्शकको राम्रो साथ पाउने सम्भावना बढेको छ। जसले राम्रो सिनेमा बन्यो भने दर्शक हलसम्म आएर नेपाली चलचित्र हेर्छन् भन्ने प्रमाणित पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu