इन्दिराको स्वरमा ‘क्यारी भेटुम्’ गीत सार्वजनिक



अहिले भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । प्रेम साट्ने यो समयमा प्रेमिल गीतहरु सार्वजनिक हुने क्रम बढ्दो रहन्छ । यसैबीच, गायिका इन्दिरा जोशीको भ्यालेन्टाइन स्पेशल गीत सार्वजनिक भएको छ । ‘क्यारी भेटुम्’ बोलको गीतमा इन्दिरालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् ।

गीतमा राजनराजको संगीत रहेको गीतमा राजेन्द्र थापाको शब्द रहेको छ । भिडियोमा इन्दिरा जोशी र प्रभात पल ठकुरी फिचर रहेका छन् । बिकास प्रसाईको निर्देशन र सम्पादन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ । भिडियोलाई राम केसीले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu