‘वर्कशपमा ल्याएको क्यामेरा सुटुक्क बेचेको आरोप आपत्तीजनक’



[dropcap][/dropcap]र्खरै चलचित्र निर्देशक समाजका उपाध्यक्ष र महासचिव सहित छ पदाधिकारीले राजीनामा दिएपछि नेपाली चलचित्र नगरीमा छुट्टै अवफाहहरु फैलिरहेका छन्। राजीनामाका धेरै कारण रहेको बताउँदै पछि हटेका पदाधिकारीहरुले निर्देशक समाजका अध्यक्ष दिनेश डिसीलाई मनोमानी गरेको आरोप लगाएको दुई दिनमै अर्को खबरले सनसनी मच्चाएको छ। खबर हो ‘दिनेस डिसी र सिनेजोन स्टुडियोका सञ्चालक रजत बुढाथोकीले वर्कशपमा ल्याएको रेड क्यामेरा सुटुक्क बेचेको आरोप’।

rajat-DC

शनीवार एक राष्ट्रिय दैनिकमा उक्त समाचार प्रकाशित भएपछि डिसी र बुढाथोकी तनावमा फसे। उनिहरुलाई पोखरामा भएको ‘वर्कशप इन डिजिटल फिल्मिङ्ग’मा ल्याईएका दुई 4K रेड क्यामेरा सुटुक्क गैरकानुनी रुपमा बेचेको आरोप लागेको हो। यो खबरले आफुलाई स्तब्ध बनाएको भन्दै सिनेजोनका सञ्चालक बुढाथोकीले नेपाली चलचित्रकै भलोका लागि काम गर्दा अनावश्यक हल्ला र हुँदै नभएको आरोप लागेको बताए। बुढाथोकीले अमेरिकाको मोक्तान डिजिटलसँगको सहकार्यमा हलिउडबाट मान्यता पाएका दुई सिनेमाटोग्राफर र रेड क्यामेरा ल्याई निर्देशक समाजसँगको सहकार्यतामा वर्कशप सञ्चालन गरिएको थियो। वर्कशपमा श्रोतव्यक्तिका रुपमा जस्टिन डिलन’ र ‘जेम्स ईभान अगेर्टन’ आएका थिए। रजतका अनुसार क्यामेरा उनिहरुले नै ल्याएका थिए र साथमै फिर्ता लगेका थिए। सो वर्कशप पछि विविध विवाद निस्केपछि छ पदाधिकारीले राजीनामा दिएका थिए।

rajat

आफुलाई लागेको आरोपको खण्डन गर्दै बुढाथोकीले एक स्वतन्त्र व्यावसायीलाई झुट आरोप लगाईएको बताए। ठुलोपर्दा डटकमसँग कुरा गर्दै उनले भने, ‘कुनै बिवाह खिच्न ल्याईएको क्यामेरा थिएन। करोडौँको मुल्य पर्छ। भर्खर रिलिज गरी हलिउडमा मात्र प्रयोगमा ल्याईएका ती क्यामेरा नेपालमा गैरकानुनी हुन्छन्। हामीले त्यस्तो काम गर्नै सक्दैनौँ’। उनले श्रोतव्यक्तिका पासपोर्टमा क्यामेराको पनि जानकारी राखिएको हुँदा कुनै हालतमा आफुसँगै फिर्ता लैजानै पर्ने बताए। मुल कुरा नबुझी गम्भिर आरोप लगाईनु आपत्तीजनक रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu