‘अगस्त्य’ ट्रेलरमा सौगात र नाजिरको एक्सन



यही फागुन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेटको ट्रेलर बदलाको कथामा केन्द्रित छ । ट्रेलरको एउटा पार्टमा अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने अर्को पार्टमा सौगात मानसिक सन्तुलन गुमेको चरित्रमा देखिएका छन् ।

ट्रेलरमा अभिनेता प्रमोद अग्रहरीको चरित्रचित्रण पनि प्रभावशाली छ । उनको ‘भ्वाइस ओभर’ले नै ट्रेलर उठाएको छ । अभिनेत्री मलिका महत कम ‘स्क्रिन स्पेश’मा पनि अर्थपूर्ण देखिन्छिन् । ट्रेलरको अन्तिममा भने अभिनेता निश्चल बस्नेतलाई उतारिएको छ । ट्रेलरको बलियो पक्ष भनेको ब्याकग्राउन्ड म्यूजिक हो । एक्सन कोरियोग्राफी पनि सशक्त छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी आदिको पनि अभिनय रहेको छ । चलचित्रले मधेशको कथा उठाएको छ । चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

सञ्जय लामाको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा र भाष्कर स्वाँरको ब्याकग्राउन्ड म्यूजिक तथा एसडी योगीको संगीत छ । चलचित्रलाई दुई श्रृंखलामा निर्माण गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu