पहिलो नेपाली एनिमेटेड फिचर चलचित्र ‘सलिना’को टिजर रिलिज



काठमाडौँ। नेपाली भाषाको पहिलो एनिमेटेड फिचर चलचित्र दाबी गरिएको ‘सलिना : पार्ट वान’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक टिजरमा योद्धा राजकुमारीले र राक्षसकी रानीको टकराबलाई देखाइएको छ । राजकुमारी पात्रको नाम ‘सलिना’ रहेको छ ।

रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको यो चलचित्रलाई तेजशराज जोशीले निर्देशन गरेका छन् । तेजशराज जोशी र श्रुति श्रेष्ठले संयुक्त निर्माण गरेका छन् भने शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका छन् । 

यसको भ्वाइस एक्टरहरु बेनिशा खतिवडा, अदिति ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगीन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu