मीनको ‘शाम्बाला’को ट्रेलर रिलिज, शुक्रवार हुने बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर



काठमाडौं।
अन्तर्राष्ट्रिय मञ्चमा दरिलो उपस्थिति जनाएको चलचित्र ‘कालो पोथी’का निर्देशक मीन बहादुर भामको दोस्रो चलचित्र ‘शाम्बाला’को ट्रेलर रिलिज भएको छ । यही शुक्रवार विश्वकै प्रख्यात बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुन लागेको यस चलचित्रको ट्रेलरमा बहु पति प्रथालाई दर्साइएको छ ।

प्रिमियरको पूर्व सन्ध्यामा सार्वजनिक गरिएको ट्रेलरमा बहु पति प्रथा प्रचलन मात्र नभई आफ्नो कर्म पनि रहेको ट्रेलरमा जनाइएको छ ।

यो चलचित्र बर्लिनको प्रमुख प्रतिस्पर्धा अर्थात् अन्तर्राष्ट्रिय विधातर्फ यो फिल्म छानिएको छ । विश्वका अरू १९ वटा चलचित्र पनि यो विधामा प्रतिस्पर्धामा छन् । प्रिमियरका लागि निर्देशक भामसहितको टिम बर्लिन पुगेको छ ।

निर्देशक भाम र अविनाश विक्रम शाहको संयुक्त लेखन रहेको यो चलचित्रको लागत १४ करोड रुपैयाँ हो । नेपालसँगै फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान, अमेरिका र कतारसँगको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu