‘महाजात्रा’को टिजर रिलिज



काठमाडौं।
सुपर हिट चलचित्र ‘जात्रा’को तेस्रो शृङ्खलामा ‘महाजात्रा’को टिजर रिलिज भएको छ । टिजरमा चलचित्रका सबै प्रमुख पात्रहरूलाई देखाइएको छ । टिजरले यो चलचित्रमा ‘जात्रा’ देखिको कथालाई पनि निरन्तरता दिएको छ ।

यो चलचित्र चैत ९ गते स्वदेशसहित विदेशमा रिलिज हुँदै छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भट्टराईको लेखन र निर्देशन छ । यस चलचित्रले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक तवरले प्रस्तुत गरिएको बताइएको छ ।

यस चलचित्रमा अभिनेता हरिवंश आचार्य पनि मुख्य भूमिकामा छन् । यसमा राजाराम पौडेल, अर्जुन जङ्ग शाही, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, दिव्य देव, गौमाया गुरुङ, प्रकाश घिमिरे, सुमन कार्की, रजनी गुरुङ लगायतको पनि अभिनय छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुन् ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu