‘डिग्री माइला’को पहिलो गीत सार्वजनिक



काठमाडौं।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र  ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ ।   ‘सुस्त सुस्त’ बोलको यस गीतमा मुख्य कलाकार द्वय दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

गीतमा एसडी योगीको सङ्गीत तथा दिल्लु चम्लागाईको शब्द रचना अनि सङ्गीतकार योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । यसमा युमी बलामीको कोरियोग्राफी र रेनेशा बान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । चलचित्र सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर चलचित्रको निर्माण गरेको हो । चलचित्रमा दयाहाङ र आँचलका अलावा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । चलचित्रले ‘किन चाउरिइस् मरीच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्याग लाइन बनाएको छ ।

चलचित्र आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ । चलचित्रमा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu