पत्रकारलाई मायाको जिम्मा रे ! के भन्छिन् सौजन्या ?



maya-gara-la

अभिनेत्री सौजन्य सुब्बाले संचारकर्मीसंग आफुलाई माया गर्न आग्रह गरेकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा उपस्थित संचारकर्मीहरुलाई सौजन्यले भनिन्, लौ अब मलाई अनि हामीलाई माया गर्ने जिम्मा हजुरहरुको हातको कुरा हो।’

उनले यो कुरा रियलमा नभई आफु अभिनित चलचित्र ‘माया गर ल’ को कार्यक्रममा चलचित्रलाई अनि आफुलाई माया गरेर राम्रो मिडिया मार्फत संदेश प्रवाह गरिदिन भन्दै उनले संचारकर्मीलाई आफ्नै सम्झेर माया गर्न आग्रह गरेकी हुन् । उनि अभिनित चलचित्र ‘माया गर ल’ यही बैसाख १९ बाट प्रदर्शनको तयारीमा छ ।

maya-gara-la1
यो चलचित्रमा सौजन्य अभिनेता भूपेन चन्द संग अन्स्क्रिन रोमान्समा देखिँदै छिन् । लभस्टोरी बेसको यो चलचित्रमा यो जोडी संगै मुकेश ढकाल र ऋचासिंह ठकुरीको जोडी पनि देखिदै छ ।

रामकेशर बोगटीले लगानी गरेको यो चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चलचित्र ‘माया गर ल’लाई शिवम अधिकारीले लेखेका हुन् भने द्वन्द रोशन श्रेष्ठको रहेको छ ।
(Photo Source: DC Nepal and Media NP)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu