भक्तराज आचार्यको निधनको खबरले स्तब्ध छु: राष्ट्रपति



काठमाडौं।
वरिष्ठ गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । एक्स (ट्विटर)मा एक पोस्ट गर्दै सोमबार साँझ राष्ट्रपति पौडेलले आचार्यको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

“वरिष्ठ गायक तथा सङ्गीतकार एवं भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध भक्तराज आचार्यको निधनको खबरले स्तब्ध भएको छु । दुःखको यस घडीमा स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु”, पौडेलले लेखेका छन् ।

८२ वर्षीय आचार्यको सोमबार अपराह्न निधन भएको थियो । उनको मङ्गलवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu