निर्देशक समाजका सदस्य आर.बि.के. शरदद्वारा राजीनामा फिर्ता



RBK

दुई दिन पहिले रजिनामा दिएका चलचित्र निर्देशक समाजका सदस्य आर.बि.के. शरदले आफ्नो राजिनामा फिर्ता लिएका छन् । शुक्रवारको छलफलमा यसअघी आफुले अरुको लहै लहैमा मात्रै राजिनामा दिएको स्विकार गर्दै त्यो सबै गलत लागेकोले उनले आफ्नो राजिनामा फिर्ता लिएका समाजका कोषाध्यक्ष सुमन दाहालले ठुलोपर्दा डटकमलाई जानकारी दिए ।

‘समाजका अध्यक्षलाई लागेका आरोपहरु निराधार र असत्य भएको कुरा प्रष्ट भईसकेको भन्दै राजिनामा दिएर गल्ती गरेको भन्दै राजिनामा फिर्ता लिनु भयो,’ कोषाध्यक्ष दाहालले भने भोलीसम्म अन्य साथीहरुले पनि फिर्ता लिने मनस्थितीमा पुग्नु भएको बुझिएको छ’ ।

समाजका अध्यक्ष डिसीले मनोमानी रुपमा निर्णय गर्दै एकलौटी रुपमा सँस्था चलाएको लगायतका बिभिन्न आरोप लगाउँदै उपाध्यक्ष राजु के.सी. र महासचिव ऋषी लामिछाने सहितका छ जना पदाधीकारीहरुले राजिनामा दिएका थिए । जस मध्ये ऋषी लामिछाने सहित उपाध्यक्ष के.सी., सचिव श्याम भट्टराई र सह-कोषाध्यक्ष गोपालचन्द्र लामिछानेको राजिनामा सोमवार बसेको निर्देशक समाजको बैठकले स्विकृत गरेको छ ।

RBK-Rajinama

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu