सकियो ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम, युवा कलाकारहरूले दिए प्रस्तुति



काठमाडौं।
हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सम गौडेल (विष्णु प्रसाद गौडेल), सजन श्रेष्ठ र सन्तोष थापाले अमेरिकाका विभिन्न सहरमा हास्यपरक कार्यक्रम सम्पन्न गरेका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा नर्थ क्यारोलिना, मिचिगन, न्यूयोर्क, कनेक्टीक्युट, बोस्टन, रोचेस्टर् न्यूयोर्क, ह्युस्टन, डालस टेक्सास, लस एन्जल्स, सानफ्रान्सिस्को, भर्जिनिया, ह्यारिसबर्ग पेन्सिलभेनिया, बाल्टिमोर, मेरिल्याण्ड र कोलम्बस, ‍‌ओहायोमा प्रस्तुति दिए ।

‘अमेरिकाको पूर्वदेखि पश्चिमसम्म रहनुहुने नेपाली कहाँ हामी पुग्न सफल भयौँ । उहाँहरूलाई हँसाउन सफल भयौँ । अमेरिकामा यति भव्य रूपमा सम्पन्न हास्य कार्यक्रम सम्भवतः यो नै पहिलो हो’, कार्यक्रमका संयोजक विनोद अधिकारीले भने ।

कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्ट मेन’का निर्देशकसमेत रहेका अधिकारीले भने, ‘यो कार्यक्रमले परदेशलाई घर देशसँग जोडेको छ । कोभिड महामारीपछि हामीलाई चाहिएको ताजगी यो कार्यक्रमले पूरा गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu