
काठमाडौं।
मङ्गलवार अभिनेत्री प्रियंका कार्कीले आफ्नो जन्मदिन मनाएकी छन् । सो अवसरमा उनले आफू अभिनीत लघु चलचित्र ‘टाँक’का दुई पोस्टर सार्वजनिक गरेकी छन् ।
रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा प्रियंकालाई गाउँले महिलाको भूमिकामा देखाइएको छ । अन्तर्राष्ट्रिय महोत्सवहरूमा पठाउने तयारी रहेको सो चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन् । यसमा सामाजिक कथावस्तु रहेको बताइएको छ ।
यो चलचित्र प्रियंकाको कम्पनी आयंका फिल्म्सले बनाएको हो ।