काठमाडौं।
‘धेरै भो’,‘रुमाल लुकाई लुकाई खेल्दा’,‘हुँदैन कसैको मुटु ढुङ्गाको’ लगायतका गीत मार्फत गायनमा स्थापित भएका सञ्जय किशोर श्रेष्ठ झन्डै दुई दशकपछि गायनमा फर्किएका छन् । बिहीबार काठमाडौंमा एक समारोहबिच उनले आफ्नो नयाँ गीत ‘तिमी जस्तै’ सार्वजनिक गर्दै गायनमा फर्किएको बताए ।
‘पुनः गायनमा सक्रियता बढाउने जमर्को गरेको छु । जेम्स दाइका कारण यो सम्भव भएको हो । आसा छ, पहिला झैँ माया पाउने छु’, गायक श्रेष्ठले भने,‘समय अनुसार आफूलाई परिमार्जित गर्ने कोसिस गरेको छु । आगामी दिनमा पनि समय सापेक्ष गीत सार्वजनिक गर्नेछु ।’
उनले सार्वजनिक गरेको गीतमा जेम्स प्रधानको शब्द र सङ्गीत रहेको छ भने गीतको भिडियो पनि जेम्सले नै निर्देशन गरेका हुन् । भिडियोमा गायक श्रेष्ठ नै देखिएका छन् । उनी नेपाल आएपछि गायक तथा सङ्गीतकार जेम्स प्रधानसँग भेट भएपछि साङ्गीतिक सहकार्य जुटेको हो ।
‘मैले गीतलाई तयार गरेर राखेको थिएँ । एक दिन गायक श्रेष्ठ आएर सुने । यही गीतमार्फत पुनः गायनमा सक्रियता दिन्छु भनेपछि हामीले सहकार्य गरेका हौँ’, सङ्गीतकार प्रधानले भने,‘यो गीतको श्रव्य दृश्य पनि मैले नै तयार गरेको छु । हामीले धेरै सोचेर गीतको मर्मअनुसार दृश्याङ्कन गरेका हौँ ।’
भिडियो: