महाशिवरात्रि लक्षित ‘शिव शिव’ बोलको गीत सार्वजनिक



महाशिवरात्रि पर्व नजिकिँदै गर्दा पर्व विशेष गीतसङ्गीत पनि बजारमा आउन थालेका छन् । यही क्रममा, गायिका रानी शाक्य र गायक नारायण बाबुले ‘शिव शिव’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

नारायण बाबुकै शब्द तथा सङ्गीत रहेको गीतमा शिव भगवानको महिमा गाइएको छ । गीतको भिडियोमा मोडल विना राउत र ईश्वर वल्लभ उप्रेतीले मोडलिङ गरेका छन् । जीवन शाहीको निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन, सन्तोष राजबहाकको कोरियोग्राफी छ ।

भिडियोमा विना र ईश्वरले शिव लिङ्गको अगाडि उभिएर पूजा गरेका छन् । भिडियोमा शिव प्रतिको भक्ति भाव प्रस्ट झल्किएको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu