को हुन् ‘अगस्त्य’का गणेश ?



काठमाडौं। शुक्रवार रिलिज नेपाली चलचित्र ‘अगस्त्य: च्याप्टर १’ विश्वभर प्रदर्शन भइरहेको छ । देशभरका १ सय ११ हलमा रिलिज भएको यो चलचित्रको फरक स्टाइलको प्रस्तुतीकरण दर्शकको चासोमा परेको छ ।

सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरीको मुख्य अभिनय रहेको यो चलचित्रको अन्त्यमा नाम सुनिने ‘गणेश’ पात्रलाई लिएर थप चासोमा परेको छ । चलचित्रको निर्माण पक्षले बाँकी जानकारी पछि दिने भन्दै ‘च्याप्टर २’ सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ । दर्शकले गणेश पात्रबारे थाहा पाउन पनि २०२६ सम्मै पर्खिनुपर्नेछ ।

सौरभ चौधरीले लेखन तथा निर्देशन गरेको यो चलचित्रको व्यापार सन्तोषजनक भएको निर्माण पक्षले जनाएको छ । डार्क हर्ष इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu